कैलालीमा तीन दिनदेखि वेपत्ता आमाछोरी मृत फेला

धनगढी- कैलालीमा आमाछोरी मृत फेला परेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका–७ की २१ वर्षीया आरती डंगौरा र उनकी १० महिने छोरी अनुजा मृत फेला परेका हुन् ।

आरती र अनुजा गौरीशंकर सामुदायिक वनमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बताए ।

‘साउन २९ गते आमाछोरी बेपत्ता भएको भन्दै खोजीका लागि निवेदन आएको थियो, डीएसपी सिंहले भने, ‘दुबै जनाको गौरीशंकर सामुदायिक वनमा झुण्डिएको अवस्थामा शव फेला परेको छ ।’

सुरूमा छोरीलाई झुन्ड्याएर र त्यसपछि आमाले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ । दुवैको शवलाई पोस्टमार्टमका लागि टीकापुर अस्पताल पठाइएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्