बैतडीका सिमानाकाबाट हराउँदै महिला–बालबालिका

बैतडी– भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा महिला र बालबालिका हराउने क्रम बढ्दै गएको छ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क हेर्दा गएको तीन वर्षमा हराएकामध्ये ५२ जनाको अवस्था अझै अज्ञात रहेको छ। आर्थिक वर्ष २०७९÷८० मा एक सय पाँच जना हराएकामा ९१ जना फेला परेका थिए । तीमध्ये १४ जनाको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए।

यसैगरी, आव २०८०/८१ मा एक सय १५ हराएकामा एक सय १३ जना फेला परेका थिए। आव २०८१/८२ मा एक सय २२ जना हराएकामा ८६ जना फेला परेका छन्। बेपत्ता हुनेमा महिला र बालबालिकाको सङ्ख्या बढी रहेको प्रहरी प्रवक्ता पाण्डेयले बताए।

गत आवमा ५५ महिला, २७ बालक, २९ बालिका र एक एक जना ज्येष्ठ नागरिक बेपत्ता भएको प्रहरीमा निवेदन परेको थियो। तीमध्ये ८६ जना फेला परेका छन्।

बेपत्ता भएको समयमा प्रहरीमा निवेदन दिए पनि कतिपयले फेलापरेको जानकारी नदिने भएकाले पनि बेपत्ताको तथ्याङ्क बढ्दै गएको प्रहरीले जनाएको छ। बैतडी भारतसँग खुला सीमा भएको जिल्ला भएकाले पनि धेरैजसो भारततर्फ जाने र उतै बस्ने गरेका छन्।

सामाजिक सञ्जालको दुरुपयोगलगायत कारणले पनि बेपत्ता मानिसको सङ्ख्या बढ्दै गएको प्रहरीको भनाइ छ।

प्रहरीले बेलाबेलामा समस्या परेका नागरिकको उद्धार पनि गर्दै आएको छ। गत आवमा पाँच महिला, दुई बालक र तीन बालिकाको उद्धार गरी आफन्तको जिम्मा लगाइएको प्रहरीको भनाइ छ।

ललाइफकाइ र आफैँ पनि सानै उमेरमा भारत जान खोज्ने बालबालिकाको सीमानाकाबाट उद्धार गर्ने गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

2 Comments Text
  • Mukesh Mangola says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    पञ्चेश्वर–बैदडीको गम्भीर समस्या 🚨 आजभन्दा करिब १ वर्ष अघि प्रहरी हवल्दारकै संलग्नतामा पञ्चेश्वर गाउँपालिका–२ की १६ वर्षीया बालिका हराएकी थिइन्। त्यसपछि केही महिना अघिमात्रै अर्को बालिका पनि बेपत्ता भएकी थिइन्। आजसम्म पनि ती बालबालिकाको कुनै अत्तोपत्तो छैन। आरोपी प्रहरी अदालतको कठघरामा पुगे पनि पीडित परिवारले न्याय पाउन सकेका छैनन्। तर दु:खको कुरा, यस विषयमा सरकारले गम्भीर ध्यान दिएको छैन। पीडित परिवार र स्थानीयवासीले आवाज उठाउँदा पनि राज्य मौन बसेको छ। हाम्रो माग: *बेपत्ता भएका बालबालिकाको छिटो पत्ता लगाइयोस्। *संलग्न दोषीलाई कडा कारबाही होस्। यस प्रकारका * घटनामा सरकार र सुरक्षा निकायले तत्काल जिम्मेवारी लिनुपर्छ। अब आवाज दबाउने होइन, न्याय दिलाउने बेला आएको छ ✊ #JusticeForBaitadi #VoiceOfPancheshwar #SaveChildren
  • Mukesh Mangola says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    पञ्चेश्वर–बैदडीको गम्भीर समस्या 🚨 आजभन्दा करिब १ वर्ष अघि प्रहरी हवल्दारकै संलग्नतामा पञ्चेश्वर गाउँपालिका–२ की १६ वर्षीया बालिका हराएकी थिइन्। त्यसैगरी केही महिना अघिमात्रै अर्को बालिका पनि बेपत्ता भएकी थिइन्। आजसम्म पनि ती बालबालिकाको कुनै अत्तोपत्तो छैन। आरोपी प्रहरी अदालतको कठघरामा पुगे पनि पीडित परिवारले न्याय पाउन सकेका छैनन्। तर दु:खको कुरा, यस विषयमा सरकारले गम्भीर ध्यान दिएको छैन। पीडित परिवार र स्थानीयवासीले आवाज उठाउँदा पनि राज्य मौन बसेको छ। हाम्रो माग: *बेपत्ता भएका बालबालिकाको छिटो पत्ता लगाइयोस्। *संलग्न दोषीलाई कडा कारबाही होस्। यस प्रकारका * घटनामा सरकार र सुरक्षा निकायले तत्काल जिम्मेवारी लिनुपर्छ। अब आवाज दबाउने होइन, न्याय दिलाउने बेला आएको छ ✊ #JusticeForBaitadi #VoiceOfPancheshwar #SaveChildren
  • प्रतिक्रिया छाेड्नुहाेस्