उदयदेव बहुउद्देशीय सहकारी संस्था सेवा केन्द्र बैतडीको २७औं इकाईगत वार्षिक साधारणसभा सम्पन्न

गौरव चन्द,

बैतडी : उदयदेव बहुउद्देशीय सहकारी संस्था लिमिटेड सेवा केन्द्र बैतडीले आफ्नो २७औं इकाईगत वार्षिक साधारणसभा गोठालापानीस्थित जगन्नाथ क्याम्पसको सभाहलमा सम्पन्न गरेको छ ।

साधारण साभामा संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रतिवेदनमा शेयरपूजी २०८२ अषाढ मसान्त सम्म २६ हजार २१८ जना सदस्य रहेको र कुल शेयरपूजी अषाढ सम्म २२ करोड ६ लाख ९५ हजार ५०० रहेको र गत वर्षको तुलनमा ६ दशमलव७२ प्रतिशतले बृद्धि भएको उल्लेख गरिएको छ । सहकारीको बैतडी सेवाकेन्द्रमा मात्र १ हजार १४२ जना शेयर सदस्य रहेकोे उदयदेव बहुउद्देशीय सहकारी संस्था लिमिटेड सेवा केन्द्र बैतडीका प्रवन्धक नरेन्द्र एरीले बताउनु भयो ।

साधारण साभामा सेवा ईकाइ बैतडीका ४ जना उत्कृष्ट शेयर सदस्य, २ जना बालवचत र एक जेष्ठ नागरीक शेयर सदस्यलाई सम्मान गरिएको थियो । यस्तै जेहन्दार दुई जना विद्यार्थीलाई शैक्षिक सामग्री पनि वितरण गरिएको सेवा इकाई बैतडीले जनाएको छ ।

कार्यक्रमको सभाध्यक्षता संस्था संचालक समितिका सदस्य हर्क बहादुर चन्दले गर्नुभएको थियो भने प्रमुख अतिथि दशरथचन्द नगरपालिकाका प्रमुख पुष्कर राज जोशी रहनुभएको थियो। सभामा लेखा समिति संयोजक चित्रांग थापा, वडा नं ४ का अध्यक्ष भानदेव भट्ट र शेयर सदस्य लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया छाेड्नुहाेस्