सामाजिक अभियन्ता सरस्वतीले गरिन जन्मदिनमा महिला तथा बृद्ध सेवा केन्द्रमा सहयोग

बैतडी : समाजसेवी, दलित र महिला अधिकारकर्मी एवम सामाजिक अभियन्ता सरस्वती नेपालीले आफ्नो जन्मदिनको अवषरमा महिला तथा बृद्ध सेवा केन्द्रमा खाद्यन्न तथा फलफुल सहयोग गर्नु भएको छ ।

आईतवार उहाँले आफनो जन्मदिनको उपलक्ष्यमा भीमदत्त नगरपालिका–०५ मा रहेको महिला तथा बृद्ध सेवा केन्द्र मा खाद्यान, जुस र फलफूलहरु सहयोग गर्नु भएको हो ।

विगत २ दशकदेखी समुदायमा रहेका विपन्न, गरिव, दलित र महिलाहरुको अधिकारका लागि सामाजिक अभियन्ताको रुपमा काम गर्दै आईरहनु भएकी नेपालीले जन्मदिनको अवसरमा सानो सहयोग स्वरुप आफुले वृद्ध आमा बुवाहरुलाई सहयोग गरेको बताउनु भयो ।

नेपालीले दलित अधिकार, आफ्नो अधिकारबाट वञ्चीतभएका सबै वर्ग समुदायको हकहित र महिलाको क्षेत्रमा क्रियाशील भएर कामगरेको उच्च मुल्यांकन गर्दै अमेरिककाको जिएआरसी अवार्ड र अन्तर्राष्ट्रिय दर्नाल अवार्ड बाट सम्मान पाइकी हुन् ।

प्रतिक्रिया छाेड्नुहाेस्