नापी कार्यालय बैतडी जिल्लाभरीकै उत्कृष्ट

२२ भदाै, बैतडी- नापी कार्यालय, बैतडी उत्कृष्ट कार्यालय घोषित भएको छ । जिल्लाभरीका सरकारी कार्यालयहरुमध्ये नापी कार्यालय बैतडी कार्यसम्पादन मुल्याङ्गकन, व्यवस्थापन, सेवा प्रवाह लगायत अन्य विभिध पक्षमा जिललाभरीकै उत्कृष्ट कार्यालय बनेको हो । २२ औँ निजामती सेवा दिवसको अवसरमा उत्कृष्ट हुने नापी कार्यालय, बैतडीका प्रमुख रणसिंह रावललाई प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले उत्कृष्ट कार्यालयको प्रमाणपत्र हस्तान्त्ररण गरेका छन् ।

कोष तथा लेखा नियन्त्रण कार्यालय, बैतडीका प्रमुख बासुदेव भण्डारीको संयोजकत्वमा गठित तीन सदस्य छनाैट टोलिले कार्यालय अनुगन गर्दै उत्कृष्ट कार्यालयको नतिजा निकालेको थियो । जसमा नापी कार्यालयले उत्कृष्ट व्यवस्थापन, गुनासो सुनुवाई, दैनिक कार्य सम्पादन, सरसफाई, कर्मचारी परिचालन लगायतका सेवाहरु प्रभावकारी रुपमा संचालन गरिरहेकाले उक्त कार्यालय जिल्लाभरीकै उत्कृष्ट हुन सफल भएको अनुगमन टोलि संयोजक बासुदेव भण्डारीले बताउनुभयो ।

विगतमा भएका अनुगमन र कार्यालय निरिक्षणमा समेत नापी कार्यालयको व्यवस्थामा राम्रो देखिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो ।

जिल्लाभरीकै उत्कृष्ट कार्यालयका रुपमा घोषणा भएपछि आफुहरुमा थप उर्जा प्राप्त भएको नापी कार्यालयका प्रमुख रणसिंह रावलले बताउनुभयो । उहाँले भन्नुभयो ‘उत्कृष्ट भएपनि अझै जनमैत्री सेवा तथा कार्यालय व्यवस्थापनका लागि जिम्मेवारी बढेको महसुस गरेका छौँ ।’

प्रतिक्रिया छाेड्नुहाेस्