अज्ञात समुहले फालिदिए ट्याक्टर खोलामा

बैतडी– बैतडीमा अज्ञात व्यक्तिहरुले एक जना किसानको हाते ट्याक्टर शुक्रबार राती खोलामा फालिदिएका छन् ।

जिल्लाको मेलौली नगरपालिका –६ हतरंगाका स्थानीय कृषक चिन्तामणी भट्टको बारी नजिक रोकी राखेको हाते ट्याक्टर अज्ञात व्यक्तिहरुले खोलमा फालि दिएको इलका प्रहरी कार्यालय तल्लो देहीका प्रमुख सई नरेन्द्र बहादुर चन्दले बताए ।

‘बारी जोतेर थनक्याएर राखेको हाते ट्याक्टर रातीको समयमा अज्ञात व्यक्तिले खोलामा फालि दिएको निवेदन आएको छ,’ ‘उनले भने, ट्याक्टर फाल्ने अज्ञात व्यक्तिहरुको खोजीकार्य गरिरहेका छौं ।’रोकीराखेको ठाउ“देखि सय मिटर तल खोलामा फालेर ट्याक्टर पूर्णरुपमा क्षति भएको कृषक भट्टले बताए । भट्ट व्यवसायीक तरकारी खेती गर्ने कृषक हुन् ।

एकिकृत कृषि तथा पशु विकास कार्यक्रमबाट ९० हजार लागतमा अनुदानमा दिएको हाते ट्याक्टर पूर्णरुपमा क्षति भएपछि आफ्नो तरकारी खेती गर्नेबारी खनजोत गर्न समस्या भएको उनले बताए ।

प्रतिक्रिया छाेड्नुहाेस्