जेनजी आन्दोलनमा जलाइएको भाटभटेनीमा ६ शव भेटिए

काठमाडौं–चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव भेटिएको छ ।

जलेको अवस्थामा ६ वटा मानव कंकाल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले पुष्टि गरे । ककांल भेटिएका शव चिन्न सकिने अवस्थामा छैनन् ।

डीएनएपछि मात्रै शवको पहिचान हुने बताइएको । जेनजीको आन्दोदनमा आगजनी भएपछि भाटभटेनीमा आगजनी भएको थियो ।

२३ भदौमा जेनजीको आन्दोलन भएको थियो । सो क्रममा प्रहरीको गोली लागेर काठमाडौं र बाहिर जिल्लामा गरी २१ जनाको मृत्यु भएको थियो ।

त्यसपछि जेनजी आन्दोदन उग्र बनेको थियो । भोलिपल्ट २४ गते देशभर तोडफोड र आगजनी भएको थियो ।

अहिलेसम्म ५८ जनाको मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्