कांग्रेस बैतडीको बैठक: क्रियाशील सदस्यताको विषय कार्तिक मसान्तभित्र टुंग्याइने

बैतडी- नेपाली कांग्रेस जिल्ला कार्यसम्पादन समिति बैतडीको नवौं बैठक शुक्रबार सम्पन्न भएको छ । बैठकले क्रियाशील सदस्यताको बिषय यही कार्तिक मसान्तभित्र टुंग्याउने निर्णय गरेको नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले बताउनुभयो ।

पार्टी कार्यालय गोठलापानीमा बसेको बैठकले नयाँ क्रियाशील सदस्य तथा नवीकरण गर्नुपर्ने सदस्यहरुलाई यही महिनाभित्र सदस्यता दिइसक्नुपर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

यस्तै बैठकले आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई ध्यानमा राखेर मतदाता नामावलीमा नाम दर्ता गराउने कार्यलाई पार्टीका संरचनामार्फत सहयोग गर्ने निर्णय गरेको छ । यसका लागि वडादेखि पालिका समितिलाई पत्राचार गर्ने र मतदाता नामावलीमा नाम दर्ता नभएकाहरुको नाम दर्ता गराउन भूमिका खेल्ने निर्णय भएको सचिव चन्दले बताउनुभयो।

यस्तै नेपाली कांग्रेसको नियमित महाधिवेशन समयमै गर्नका लागि केन्द्रीय कार्यसमितिलाई पत्राचार गर्ने निर्णय पनि भएको सचिव चन्दले बताउनुभयो।

नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दको अध्यक्षतामा भएको बैठकमा पार्टीका जिल्ला कार्यसमितिका पदाधिकारी, कार्यसम्पादन समितिका सदस्य, पालिका कार्यसमितिका सभापति, पार्टीबाट निर्वाचित पालिका प्रमुख, उपप्रमुख लगायतको सहभागिता रहेको थियो ।

1 Comments Text
  • fintechbase says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    Why visitors still make use of to read news papers when in this technological globe the whole thing is existing on web?
  • प्रतिक्रिया छाेड्नुहाेस्