बैतडी – जिल्ला प्रशासन कार्यालय बैतडीमा २०८१ मंसिरमा स्थाप्ना गरिएको अप्रवासी स्रोतकेन्द्र साहायता कक्ष प्रभावकारी बन्दै गएको छ । पछिल्लो सयम यसका सेवाबारे जानकारी बढ्दै गएपछि यसबाट सेवा लिने सेवाग्राही क्रमस बढदै गइरहेका अप्रवासी स्रोतकेन्द्र साहायता कक्ष बैतडीका परामर्शकर्ता करनदत्त पन्तले बताए ।
बैदेशिक रोजगारीमा जाने सोच बनाएका व्यक्तिलाई शुरक्षित बैदेशिक रोजगारीबारे जानकारी दिने, रोजगारीमा जाने निर्णय लिएका व्यक्तिलाई सहि सूचना तथा शिप सुम्बन्धि परामर्श पर्दान गर्ने र वैदेशिक रोजगारमा ठगीएका मृत्यु भएका, अलपत्र परेकाको राहत उद्दारको लागि आवश्यक कानुनी सहजीकरण गर्ने उद्देश्यले साहायता कक्षको स्थापना गरिएको हो ।
अप्रवासी स्रोतकेन्द्र साहायता कक्षले अहिले सम्म एक हजार ३५० जनालाई सेवा दिइसकेको छ । यस्तै अहिले सम्म एकजना ठगी मुद्दा, दुई जना उद्दार राहात र एक जनाको मृत्यु दावी सेवा पनि उपलव्ध गराई सकेको परामर्शकर्ता पन्तले बताए । आप्रवासी स्रोतकेन्द्र सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत तिनै तहका सरकार संघ प्रदेस र दशरथचन्द नगरपालिकाको समुन्वय तथा सहकार्यमा जिल्ला प्रशासन कार्यालयमा स्थाप्ना गरी सेवा दिइरहेको हो ।
नेपाल सरकारले सयुक्त आप्रवासनका लागि आप्रवासी स्रोत केन्द्र सहायता कक्ष संचालन तथा व्यवस्थापन सम्बन्धि निर्देशीका २०७८ ले वैदेशिक रोजगारीको क्षत्रलाई सुरक्षित एंव मर्यादित बनाउन लक्षित वर्गलाई सुरक्षित र वैदेशिक रोजगारी सम्बन्धि सूचनामा पहु“च, सीप विकासमा सहजीकरण, न्यायमा पहुच, विप्रेषणको आयमुलक क्षेत्रमा परिचालन, समाजिक तथा आर्थिक विषयमा परामर्श तथा सेवा प्रवाह गर्नका लागि स्थाप्ना गरिने उल्लेख गरेको छ ।
यसै अन्तर्गत सुदूरपश्चिमको समाजिक विकास मन्त्रालयले पनि सुरक्षित आप्रवासन (सामी) कार्यक्रम निदेर्शिका २०८१ निर्माण गरि प्रदेशका ९ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा साहायता कक्ष स्थाप्ना गरी सेवा दिने गरेको उल्लेख गरे बमोजिम बैतडीमा पनि गत बर्षको मंसिरमा साहायता कक्ष स्थाप्ना गरिहेको हो ।








