सशस्त्र प्रहरीले फेला पार्याे बेवारिसे भरुवा बन्दुक

बैतडी – बैतडीमा सशस्त्र प्रहरीले जंगलमा छोडिएको बेवारिसे भरुवा बन्दुक फेला पारेको छ ।

पाटन नगरपालिका–५ मेलौली सडक खण्ड अन्तर्गतको अडतोला जंगलमा बेवारिसे अवस्थामा एक नाल भरुवा बन्दुक, भरुवा बन्दुको नाल, रड र वन्दुकका किलापूर्जा फेला पारेको सशस्त्र प्रहरीबल नेपाल नं. ५१ गुल्म बैतडीका सूचना अधिकारी एवम सशस्त्र प्रहरी निरीक्षक रमेस विष्टले जानकारी दिनु भयो ।

गोप्य सूचनाको अधारमा शनिबार साँझ ८ बजे सशस्त्र प्रहरीबल नेपाल नं. ५१ गुल्म बैतडीबाट खटि गएको मोवाइल गस्ती टोलीले फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ ।

1 Comments Text
  • mayagames says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    Interesting read! Seeing more platforms like maya games login emerge in the Philippines-security & verification are key, especially with mobile access via APK downloads. Responsible gaming first, always! 🤔
  • प्रतिक्रिया छाेड्नुहाेस्