अछामका बोहराले एकै पटक ७ ठाउँमा लोकसेवा आयोगमा नाम निकाले

अछाम– अछामको मंगलसेन–४ नवविसका लोकेन्द्र बोहरा लोकसेवा आयोगको परीक्षामा पहिलो प्रयासमै ७ ठाउँबाट नाम निकाल्न सफल भएका छन्।

२०८१ पुसदेखि २०८२ भदौसम्म बोहराले प्रदेश तथा संघीय लोक सेवाले लिएको हेल्थ असिस्टेन्ट पाँचौं र अहेव चौथो तहमा सात ठाउँमा नाम निकालेका हुन्।

बोहराले पहिलो प्रयासमै गण्डकी प्रदेश लोक सेवा आयोगले लिएको अहेव (चौथो), कर्णाली प्रदेश लोक सेवा आयोगले लिएको हेल्थ असिस्टेन्ट (पाँचौ), कोशी प्रदेशमा हेल्थ असिस्टेन्ट (पाचौं), गण्डकीमा हेल्थ असिस्टेन्ट (पाचौं), कोशीमा अहेव (चौथो), नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक (चौथो) तथा संघीय लोकसेवा आयोगले लिएको हेल्थ असिस्टेन्ट (पाँचौं) मा नाम निकालेका हुन्।

सात ठाउँमा नाम निकालेका बोहराले तीन ठाउँमा मात्रै अन्तर्वार्ता दिएका थिए। अहिले उनी कालिकोट जिल्लामा हेल्थ असिस्टेन्ट पाँचौ तहमा कार्यरत छन् ।

1 Comments Text
  • digital banking says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    Every weekend i used to go to see this website, for the reason that i want enjoyment, for the reason that this this website conations in fact fastidious funny stuff too.
  • प्रतिक्रिया छाेड्नुहाेस्