बैतडी : पञ्चेश्वर गाउँपालिका – २ मा रहेको महाकाली स्वास्थ्य चौकीमा संचालित एक दिने प्रजनन् स्वास्थ्य शिविरमा १४० जनाले विशेषज्ञ स्वास्थ्य सेवा लिएका छन् ।
स्वास्थ्य कार्यालय बैतडीको आयोजना तथा पञ्चेश्वर गाउँपालिकाको समुन्वयमा महाकाली जस्तो विकट ठाउँमा पहिलो पटक विशेषज्ञ सेवाको आयोजना गरिएको हो ।
शिविरमा सेवाग्राहीहरुले विभिन्न प्रकारका विशेषज्ञ सेवा दिएको महाकाली स्वास्थ्य चौकी प्रमुख दिपकराम बस्केलले बताउनु भयो । उनले स्वास्थ्य कार्यालय प्रमुख तिर्थ भट्ट लगायत सेवामा खटिएका डाक्टर र स्वास्थ्य कार्यालय टिम, समुन्वयकर्ता पालिका जनप्रतिनिधि र स्वास्थ्य शाखालाई धन्नेवाद समेत दिएका छन् ।












