बैतडी – सर्वोच्च अदालतका प्रधान न्यायधीस प्रकासमान सिंह राउतले नव निर्मित भवनबाट संचालन हुने न्यायीक तथा प्रशासनिक कामकार्बाहीमा प्रभावकारीता आउने बताएका छन् । जिल्ला अदालत बैतडीको नवनिर्मित भवनको उदघाटन कार्यक्रममा बोल्दै प्रधान न्यायधीस रावतले उच्च नैतिकता र निष्टापूर्वक काम गरेमामात्र न्याय सेवा सरल र कम खर्चिलो हुने बताए ।
‘थप नवनिर्मित भवनबाट संचालन हुने न्यायीक तथा प्रशासनिक कामकार्वाहीमा प्रभावकारीता आउने र सेवा प्रभावहमा सेवाग्राही मैत्री वतावरण सुदृढ हुनेछ,’ उनले भने, ‘यस्ले गर्दा सर्वसधारण जनताको न्यायमा अझ पहु“च पुग्ने दृढ विश्वास लिएको छु ।’
गत भदो २३ र २४ गते भएको अप्रत्यसित घटनाले देसका विभिन्न स्थानका २३ अदालत भवनमा ठुलो क्षेती पुग्नाले हजारौं कम्प्युटर तथा अन्य सुचना प्रविधि सम्प्रेषण नष्ट भएकाले भौतिक पूर्वाधार विकासलाई थप चुनौती पुगाएको उनले बताए । बैतडीमा निर्मित सुविधा सम्पन्न भवनले न्याय सम्पदानमा ठुलो सहयोग पुग्ने विश्वास समेत उनले व्यक्त गरे ।
२०७७ साल देखी निर्माण सुरु चालु आर्थिक बर्षको असारमा सम्पन्न भएको पाचतले नवनिर्मित भवन निर्माण गर्दा रु ११ करोड ३५ लाख खर्च भएको जिल्ला अदालत बैतडीका न्यायधीस तिर्थराज भट्टले जानकारी दिए ।










