निर्वाचनमा गइरहेको गाडी भीरबाट खस्यो

काठमाडौं – रामेछापमा निर्वाचनमा खटिएका कर्मचारी सवार गाडी भीरबाट खसेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर राजन तिमल्सिनाका अनुसार रामेछाप नगरपालिका–२ सिरुबारी भन्ने ठाउँबाट करिब १०० मिटर तल गाडी खसेको हो ।

उनका अनुसार ना ७ ख ६७६८ नम्बरको गाडी खसेका हो । उक्त गाडीमा निर्वाचनमा खटिएका कर्मचारीदेखि सुरक्षाकर्मी समेत थिए ।

अहिले उद्दारका काम भइरहेको छ । गाडीमा कति मान्छे थिए भन्ने समेत यकिन भएको छैन ।

प्रतिक्रिया छाेड्नुहाेस्