भारतबाट भन्सार छलि ल्याएको ३ सय ६० बण्डल अवैध बिँडि बरामद

बैतडी- भारतबाट भन्सार छलि अवैध रुपमा नेपाल भित्रिएको बिँडि बैतडी प्रहरीले बरामद गरेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएका सादा पोसाकका प्रहरीले दशरथचन्द नगरपालिका– २ सुँगरखालीबाट बिँडि बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले १ लाख ४४ हजार बराबरको ३६० बण्डल पनिहारिन बिँडि बेवारिसे अबस्थामा फेला पारारेको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ । बरामद गरिएको बिँडि आवश्यक प्रक्रिया पुरा गरि कारवाहीको लागि भन्सार कार्यालय झुलाघाट, बुझाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्