१४ जेठ, बैतडी । नेपाल प्रहरी संगठनमा ३० वर्ष काम गरेको प्रहरी निरिक्षक (इन्सपेक्टर) बल्देब बडूको अनिवार्य अवकाश पछि विदाई गरिउको छ । जिल्ला प्रहरी कार्यालय, बैतडीमा एक कार्यक्रमको आयोजना गरि बडूको विदाई गरिएको हो । वि.सं. २०५३ साल जेठ १४ गते प्रहरी जवान पदमा भर्ना भएका बडुले ३० वर्षे सेवा अवधी पुरा गरेपछि विदाई गरिएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रमुख प्रहरी नायब उपरिक्षक दिपक कुमार रायले बताउनुभयो ।

प्रहरी प्राविधिक धार (संञ्चार) तर्फका बडु विगत एक वर्षदेखि जिल्ला प्रहरी कार्यालय, बैतडीमा काजमा थिए । दशरचथन्द नगरपालिका– ७ सुर्कालको सामान्य परिवारमा जन्मेका बडूले विदाई कार्यक्रममा ३० वर्षे सेवा अवधिको सम्झना सुनाएका थिए । नेपाल प्रहरीजस्तो गौरवपूर्ण इतिहास बोकेको संगठनमा आफ्ना उर्जाशील ३० वर्ष विताउनपाउदा निकै खुसि लागेको उहाँले बताउनुभयो । विदाई कार्यक्रममा भावुक बन्दै बडूले भन्नुभयो, ‘संगठनलाई जति मैले दिए, त्यो भन्दा बढी संगठनले मलाई दिएको छ । सिपाईमा जागिर खाएको व्यक्तिलाई कहिल्यै अवसरबाट बञ्चित गरिन र मैले पढाइलाई पनि निरन्तरता दिन सके ’


राजनीतिशास्त्रबाट स्नातकोत्तर गरेका बडूले अवकाश पछि पनि आफु समाजसेवा र नागरिकको सेवामा समर्पित हुने बताउनुभयो । कानून बाट स्नातक गरि अधिवक्ताको उपाधि समेत पाएका बडूले अबका दिनमा कानून व्यवसायिका रुपमा समाजको सेवा गर्ने र प्रहरी संगठनप्रति सदैव जिम्मेवार रहने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रमुख दिपक कुमार राय र प्रहरी निरिक्षक सुरज सिंह लगायत प्रहरी कर्मचारीले फुलमाला, अबिर र दोसल्ला सहित बडूको विदाई गरेका हुन् ।












