रसुवामा भयकंर ठुलो बाढी, प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक

१० भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भयकंर ठूलो बाढी आएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बुधबार बिहान करिब सवा ९ बजेको समयमा एक्कासि ठूलो बाढी आएको जानकारी आफूले पाएको बताए ।

तिब्बततर्फबाट ठूलो बाढी आएको जानकारी आफूले पाएको उनले बताउनुभयाे ।

उनले अनलाइनखबरसँग भने, ‘बिहान करिब सवा ९ बजेतिर तिब्बततर्फबाट ठूलो बाढी आएको भन्ने जानकारी पाएको छु । के कति क्षति भएको छ भन्नेबारे अहिले नै यकिनका साथ भन्न सक्ने अवस्था छैन । बुझ्ने प्रयास भइरहेको छ ।’

भोटेकोशी नदीमा बाढी आएका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भई बग्ने नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनिएको उहाँले बताउनुभयाे ।

प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक

प्रधानमन्त्री बालेन शाहले आपत्कालीन बैठक बोलाएका छन् ।

भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि आवश्यक कदल चाल्न प्रधानमन्त्री शाहले आपत्कालीन बैठक बोलाएका हुन् ।

राष्ट्रिय विपद् प्राधिकरणको पदाधिकारीहरूसहित सुरक्षा निकायहरू समेतको बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीले अहिले उद्धार र तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित जिल्लका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन समेत दिइसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्