काठमाण्डौँ : गृहमन्त्री रमेस लेखकको ‘प्रमुख स्वकीय हुँ’ भन्दै प्रहरी प्रशासनदेखि विभिन्न निकायमा फोन गर्ने नक्कली ’पिए’ लाई प्रहरीले पक्राउ गरेको छ ।
बैतडीका २६ वर्षीय करनसिंह विष्टलाई धुम्वाराहीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताउनु भयो । विष्टले गृहमन्त्री रमेश लेखकको पिए बताउँदै विभिन्न क्षेत्रबाट लाभ लिन खोजेका थिए ।
सचिवालयले पनि नक्कली पिएको विषयबारे थाहा पाएपछि सूक्ष्म रूपमा जानकारी लिइरहेको थियो । नक्कली पिएले अनावश्यक दबाब दिएर फोन गर्न थालेपछि सचिवालयको आग्रहमा पक्राउ गरिएको प्रहरीले जानकारी दिनु भएको छ ।










