काठमाण्डौं : सुदूरपश्चिम रोयल्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्गेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्समाथि ८ विकेटको जित निकाल्दै सुदूरपश्चिम फाइनलमा पुगेको प्रवेस गरेको हो ।
पराजित भए पनि जनकपुरलाई फाइनलमा पुग्ने दोस्रो अवसर बाँकी रहको छ । जनकपुरले बिहीबार हुने दोस्रो क्वालिफायरमा कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ । सो खेलको जित निकाल्ने टोलीले उपाधिका लागि शनिबार सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।
फाइनलमा पुग्न जनकपुरले दिएको १४० रनको लक्ष्य सुदूरपश्चिम रोयल्सले २ विकेटको क्षतिमा १८.३ ओभरमै पूरा गरेर फाईनल प्रवेस गरेको हो ।
सइफ जइबले ३२ रन जोड्दा उनका ओपनिङ पार्टनर विनोद भण्डारीले अर्धशतक प्रहार गरे । भण्डारीले ५५ बल खेलेर ३ चौका र ३ छक्का प्रहार गरी नटआउट ५८ रन जोडे । दीपेन्द्रसिंह ऐरीले १६ बलमा नटआउट २० रन जोडे ।
जइबले भण्डारीसँग पहिलो विकेटका लागि ७.३ ओभरमा ५६ रनको साझेदारी गरेका थिए । यस्तै ब्रान्डन माक्मलेनले २५ रन जोडे । भण्डारीसँग दोस्रो विकेटका लागि ५९ रनको साझेदारी गरेका माक्मलेनले १९ बलमा १ चौका र १ छक्का प्रहार गर्नु भयो । टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन जोड्यो ।
जनकपुरका लागि जिमी निशमले ४५ रन जोडे। उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । ओपनरद्वय लाहिरू मिलन्था १२ रन र आसिफ शेख ११ रन जोडेर आउट भए । मिलन्थालाई सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले तेस्रो ओभरमा एलबिडब्लूको धरापमा पारेका थिए । शुभ कंसाकारले रनआउट हुनुअघि २६ रन जोडे ।
हर्ष थाकर १२ रन र अरनिको यावदले ११ रन जोड्न सके। थाकर १३औं ओभरमा जइबको बलमा ब्रेन्डन माक्मलेनबाट क्याच भएका थिए। १६औं ओभर चल्दै गर्दा अरनिको दीपेन्द्रबाट एलबिडब्लू आउँदा हुँदा जनकपुरले ५ विकेट गुमाउँदा ९७ रन जोड्न सकेको थियो । १८औं ओभरको अन्तिम बलमा मोहमद मोहसिनलाई दीपेन्द्रले ३ रनमा बोल्ड गरे। त्यसअघि दीपेन्द्रलाई ओभरको तेस्रो र चौथो बलमा निशमले लगातार दुई छक्का प्रहार गरेका थिए । शेर मल्ल अन्तिम ओभरको पहिलो बलमा अभिनास बोहराको बलमा ३ रनमा क्याच भए ।
बलिङमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रले ३ विकेट लिनु भयो । उनले ४ ओभरमा २९ रन खर्चिए । सइफ जइबले २ विकेट लिँदा कुगेलेइन र अभिनासले १–१ विकेट हात पारेका थिए ।










