सबभन्दा कम बजेट खर्चगर्नेमा उद्योग मन्त्रालय, बढी खर्च गर्नेमा परराष्ट्र

काठमाडौं : चालु आर्थिक वर्ष (आव) २०८१/८२ पहिलो ६ महिनामा मन्त्रालयहरूको बजेट खर्चको गति तुलना गर्दा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मन्त्रालयले सबभन्दा कम खर्च गरेको देखिएको छ ।

सबैभन्दा अगाडि भने परराष्ट्र मन्त्रालय देखिन्छ । परराष्ट्रले वार्षिक लक्ष्यको ५० प्रतिशत बजेट खर्च गर्दा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने ६ महिना साउन–पुस मा जम्मा ७.६२ प्रतिशतमात्र खर्च गरेको तथ्यांकले देखिएकोछ ।

उद्योग मन्त्रालयले चालु आर्थिक वर्षमा खर्च गर्न ८ अर्ब ४ करोड १६ लाख रुपैयाँ बजेट पाएको छ । चालु आर्थिक वर्षको छ महिना सम्म यो मन्त्रालयले मात्र ६१ करोड ३० लाख खर्च गर्न सकेको छ ।

परराष्ट्र मन्त्रालयले यस वर्षका लागि ६ अर्ब ७९ करोड रुपैयाँको लक्ष्य पाएकोमा ३ अर्ब ४३ करोड खर्च गरिसकेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ६ महिनामा लक्ष्यको २३.५९ प्रतिशतमात्र बजेट खर्च गरेको देखिन्छ ।

२० प्रतिशतभन्दा पनि कम बजेट खर्च गर्ने अन्य मन्त्रालयमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय १४.०८ प्रतिशत, संघीय मामिला तथा सामान्य प्रशासन १२.७४ युवा तथा खेलकुद १७.८७० महिला, बालबालिक तथा ज्येष्ठ नागरिक मन्त्रालय १७.६१ प्रतिशत छन् ।

प्रतिक्रिया छाेड्नुहाेस्