भूमि समस्या समाधान आयोग बैतडीले थाल्यो काम: चैत्र १८ गते पाटनमा अभिमुखिकरण गर्ने

बैतडी- भूमि समस्या समाधान गरी भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित वसोवासीहरुको समस्या समाधान गर्न भूमि समस्या समाधान आयोग जिल्ला समिति बैतडीले जिल्लाको पाटनमा चैत्र १८ गते अभिमुखिकरण गर्ने भएको छ ।

जिल्लास्थित स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र भूमि शाखा प्रमुखहरुका लागि अभिमुखिकरण गर्न लागिएको भूमि समस्या समाधान आयोग बैतडीका अध्यक्ष रमेशदत्त पाण्डेयले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विरबहादुर थापाको प्रमुख आथित्यतामा हामीले पाटनमा अभिमुखिकरण कार्यक्रम गर्दैछौँ, यसले भूमि समस्या समाधानका लागि सहयोग पुग्ने छ ।’

समितिले पुर्णता पाएसंगै जिल्लामा रहेका भुमीहीन दलित, भुमीहीन सुकुम्बासी तथा अव्यवस्थित रुपमा वसोवास गरिरहेका विपन्न नागरिकहरुले राहात पाउने उहाँको भनाई थियो । यस पटक समितिले देखिने गरी समस्या समाधान गर्ने उहाँको दाबी छ । वषौँ देखि भूमिहीन, दलित तथा अव्यवस्थित वसोवास गरिरहेका नागरिकहरुले जग्गा पाउने आशा गरिरहेका छन् । तर अहिले सम्म उनिहरुको समस्यामा सरकार उदाशीन भएको गुनासो आइरहेका बेला भूमि समस्या समाधान आयोज बैतडीका अध्यक्षले भने यसपटक नजितामुखि काम गर्ने दाबी गरेका छन् ।

आफु नेतृत्वको समितिले बैतडीमा दखिनेगरी काम गर्ने उहाँको भनाई छ ।

प्रतिक्रिया छाेड्नुहाेस्