नेताहरुले गरेका गल्ती सच्याउदै पार्टी पुर्ननिर्माणको अनिवार्य : सभापती चन्द

बैतडी- नेपाली कांग्रेस बैतडीका सभापती चतुरबहादुर चन्दले नेपाली कांग्रेसका नेताले गरेका गल्तीहरु सच्याउदै पार्टी पुर्ननिर्माणको हुनुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा नेपाली कांग्रेस पार्टी कार्यालय, बैतडीमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै चन्दले यस्तो बताएका हुन् ।

उहाँले भन्नुभयो, ‘यदी म गलत छु भने म पनि राजीनामा दिन्छु, ७७ वटै जिल्ला सभापतीले राजीनामा दिन तयार हुनुप¥यो, केन्द्रिय समिति विगठ गर्नुस म तयार छु, तर पार्टीभित्र हुने गलत अभ्यास र गतिविधिहरु सुधार्नु पर्छ ।’ कसैको आशिर्वादले वडा, पालिका, प्रदेश र संघ प्रतिनिधि निर्वाचित हुने परिपार्टीलाइ निरूत्साहित गर्दै जनताले रुचाएको, छानेको व्यक्ति जनप्रतिनिधि हुनुपर्ने उहाँको भनाई थियो ।

कांग्रेस सभापती शेरबहादुर देउवालाई लक्षित गर्दै चन्दले अहिले सामाजिक सञ्जालमा देउवाको घरमा पैसाको भण्डार भनेर भाइरल भइरहेकोले यसलाई पनि क्लियर गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सामाजिक सञ्जालमा देखिएजस्तौ पैसा हुँदै होइन भन्ने पुष्टि हुनुप¥यो, नत्र न नेपाली जनताले पत्याउछ, न नेपाली कांग्रेस पत्याउनेवाला छ ।’ सडक र गाउँ–गाउँमा गएर पैसा भेटिएको कुरा झुटा हो भन्ने आधार हुनुपर्ने उहाँको भनाई छ । एउटा विज्ञप्तीले मात्रै सामाजिक संजालमा आएको कुरालाई झुटा पुष्टि गर्न नसक्ने उहाँको भनाई थियो ।

आफुभित्रका कमिकमजोरीहरु सच्याउदै पार्टी पुर्ननिमाण गरी आउदो फागुन २१ गतेको चुनाव केन्द्रित हुनु समेत उहाँले निर्देशन दिएका छन् । जेन–जीहरुले उठाएको प्रत्यक्ष निर्वाचित कार्यकारीको माग लगायत अन्य मागहरुप्रति संवेदनशील हुनुपर्ने उहाँको भनाई छ ।

प्रतिक्रिया छाेड्नुहाेस्