बैतडी : जीवनजोती वचत तथा ऋण सहकारी बैतडीको १७ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार सहकारीका सञ्चालक समिति अध्यक्ष लोकेशलाल शाहको अध्यक्षतामा वार्षिक साधारण सभा सम्पन्न भएको हो । सहकारीले गत आर्थिक बर्षमा मा रु २५ लाख ६४ हजार ९३१ शुद्ध नाफा आर्जन गर्न सफल भएको छ ।
सहकारीको गत आर्थिक वर्ष २०८१।८२ कुल शेयर पूँजी २ करोड १ लाख ७१ हजार ३ सय रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त शेयर पूँजी १ करोड २२ लाख ९० हजार ८ सय रहेको थियो ।
शेयर पूँजीलाई वृद्धि गर्दै चालु आर्थिक वर्षमा २ करोड ४२ लाख ५ हजार पुर्याइने सहकारीको लक्ष्य रहेको सहकारीका कार्यकारी प्रमुख टेकराज लेखकले बताउनु भयो । सहकारीमा शेयर सदस्यको संख्या २ हजार १ सय २८ रहेको छ । जसमध्ये ६१८ बालवचतकर्ता रहेका छन् ।
सहकारीले उत्कृष्ट कर्मचारी र बचतकर्तालाई सम्मान समेत गरेको थियो । जीवनजोती वचत तथा ऋण सहकारी सस्था बैतडी २०६२ साल बैशाखमा गठन भइ हाल सम्म सेवा दिइ अहिले गढी स्थित आफ्नै सुविधा सम्पन्न भवन बाट निरन्तर सेवा दिइरहेको छ ।













