२७ असाेज, बैतडी- बाल बिवाह अन्त्यका लागि सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । दलित समाज विकास मञ्चद्वारा संचालित बाल बिवाह अन्त्यका लागि छिटो मिलन कार्यक्रम अन्र्तगत आज उक्त अन्तरक्रिया गरिएको हो ।
सामाजि क्षेत्रमा क्रियाशील दलित समाज विकास मञ्चले बाल बिवाह, लैंगिक हिंसा, जातीय विभेद जस्ता हानीकारक प्रचलनहरु बिरुद्धका काम गर्दै आएको छ । आज जिल्ला प्रशासन कार्यालय, बैतडीमा जिल्ला स्थित सरोकारवालाहरुसंग अन्तरक्रिया गरिएको दलित समाज विकास मञ्चका सचिव बलभद्र दयालले बताउनुभयो ।

कार्यक्रममा दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशी, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल लगायत सुरक्षा निकायका जिल्ला स्थित प्रमुखहरु, शिक्षा विकास तथा समुन्वय एकाई प्रमुख, सामाजिक विकास कार्यालयका प्रमुख, कानून व्यवसायी, गैरसरकारी संस्थाका प्रतिनिधि किशोर–किशोरी समुहका प्रतिनिधि लगायतका उपस्थिति रहेको थियो ।
विगतदेखिनै सामाजिक क्षेत्रमा कृयाशील दलित समाज विकास मञ्चले बाल बिवाह लगायत सामाजमा विद्यमान हानीकारक प्रचलनहरुको अन्त्यका लागि काम गरिरहेको संस्थाका अध्यक्ष सरस्वती नेपालीले बताउनुभयो ।
संस्थाद्वारा संचालित बाल बिवाह अन्त्यका लागि छिटो मिलन कार्यक्रम जिल्लाका दशरथचन्द नगरपालिका र मेलौली नगरपालिकाका पाँचवटा विद्यालयमा संचालित छ ।







