यो पटक भोट माग्न आउनेहरुलाई प्रश्न गरौ ?
प्रश्न नं १
विभिन्न राजनितिक दलले विगत ३५ बर्षमा नेपालमा शासन गर्यौ, तपाईहरुले गरेको शासनको यो अवधिमा देशले जनयुद्ध, मधेश आन्दोलन, टिकापुर हत्याकाण्ड, दरवार हत्याकाण्ड र जेन्जी आन्दोलनको भिषण क्षती ब्यहोर्नु पर्यो । तपाईहरुकै कारण २०८४ मा हुने निर्वाचन २०८२ मा गर्नु पर्यो । तपाईको कुशासनका विरुद्ध कलिला युवा बर्ग सडममा आउँदा चरमदमन गरि त्यति धेरै जेन्जीहरुको हत्या गर्यौ, हजारै घाइते तथा अङ्गभङ भए जसको कारणले गर्दा २४ गतेको विध्वश्ां भयो देशमा । तपाईका ति नेताहरु हेलिकेप्टरमा भागेर सेनाको शरणमा गएका हैनन्, तपाईहरु राज्य संचालनमा असफल भैसक्नु भयो । जेन्जी आन्दोलन पश्चात यहि २०८२ फागुन २१ गते हुन गईरहेको प्रतिनिधिसभा सदस्य निर्बाचनमा तपाईहरु फेरी हामी जनता समक्ष भोट माग्न आइरहेका छौ । तपाईहरुलाई भोट किन दिने ?
प्रश्न नं २
तत्कालिन सरकारद्धारा २०८२÷०५÷२३ गतेको घटना घटाइनुको मुख्य कारण उसको दमनकारी निति हो । यसको ट्रेलर २०८१÷१२÷१५ गतेका दिनको राजाबादीको आन्दोलन थियो । राज्यले चरम दमन गर्दा २ जनाको ज्यान गयो अनि थुप्रै घाइते भए । तपाईलाई नेपाली जनताले सत्ता सुम्पेको अंहङकार प्रदर्शन गर्न, निरङकुश हुन या यस्तो दमन गरी हत्यागर्नलाई हो ? तपाईहरुलाई भोट किन दिने ?
प्रश्न नं ३
जेन्जी आन्दोलन पुर्व नेपाली काग्रेश र एमालेको दुई तिहाईको सरकार १४ महिना चलेको थियो । सरकार गठन गर्दा तपाईहरुले बोलेको वाक्यासं थियो सुशासन र संविधान संसोधन । तर यो अवधिमा नत सुशासन नै कायम हुन सक्यो नत संविधान संशोधनको कुनै गृहकार्य । आफ्नाहरुले गरेको भ्रष्टाचारको ढाकछोप गर्न, थप भ्रष्टाचार गर्न, प्रतिपक्षलाई चरम दमन गर्न बाहेक तपाईको अर्को देश हितको लागी कुनै काम भएको देखिएन उल्टै जनताको मुख थुन्ने काम गर्यौ र भदो २३, २४ भयो । अव भन्नुहोस तपाईहरुलाई भोट किन दिने ?
प्रश्न नं ४
तपाईहरुलाई नेपाली जनताले पटक पटक स्पष्ट बहुमत दिएर सत्ता सुम्पे तर ब्यक्तिगत स्वार्थ र दम्भका कारण तपाईहरु अन्तरकलहमै रमायौ । २०४८मा नेपाली काग्रेश, २०६४ मा माओवादी र २०७४ मा नेकपा(ऐमाले र माओवादी) । तपाईहरुको क्षमता , नैतिकता र देशप्रतिको निष्ठा र इमान्दारिता नेपाली जनताले राम्ररी देखिसकेका छन । तपाईहरुले हामी नेपाली जनतासमक्ष तत्काललाई भोट मागने नैतिक धरालत गुमाईसकेकौ छौ । भन्नुहोसः तपाईहरुलाई भोट किन दिने ?
प्रश्न नं ५
तपाईहरुको हिसाँको राजनितिः माओवादीको जनयुद्द –करिब १७०००को मृत्यु, हजारौ हजार घाइते र अंगभंग, खर्बौको संरचना ध्वस्त,, बालकुमारी घटना, तिनकुने घटना, काग्रेस एमालेको सरकारको कशासनका कारण ७६ जनाको शहादत, हजारौ घाइते र अंगभंग र खर्बौको राज्यको संरचना स्वाहा । यति गरि सक्दा समेत धित मरेन तपाईहरुको ? अब के गर्न बाकी छ यो देशमा ? फेरि पनि यो निर्वाचनमाः तपाईहरुलाई भोट किन दिने ?
प्रश्न नं ६
तपाईहरुको ३५ बर्षे शासनकालमा सर्वसुलभ रुपमा सार्वजनिक सेवा प्रवाह हुन सकेन । प्रशासनिक सेवा, मालपोत, कर, राजस्व, कृषि, पशु, विज्ञान तथा प्रविधि, सुचना, न्याय, यातायात, विद्युत, पानि, सिचाई, स्वास्थ्य सेवा आदि थुपै्र मा छिटोछरितो रुपमा सेवा प्रवाहमा राज्यको ध्यान जान सकेन त्यसो हुनुको कारण पनि तपाईहरु नै हौ । ––तपाईहरुलाई भोट किन दिने ?
प्रश्न नं ७
तपाईहरुका भ्रष्टाचारका काण्ड
माओवादीः–केन्टोनमेन्ट घोटाला, सुनकाण्ड, मेलम्ची, करौडौको डिल गरेको अडियोकाण्ड, करको दायरा हेरफेरकाण्ड (अन्य–थुपै्र)
ऐमालेः–वाईटबडी, महाकालीसन्धी, ऐति,ओम्नी, भुटानी शरणार्थी, गिरिबन्धु टि–स्टेट, सरकारीठगी, एयरपोर्ट काण्ड (अन्य–थुपै्र)
काग्रेसः–देशका कलकारखाना लिलामी, विभिन्न असमान सन्धी(महाकाली, गण्डक, आदी) भुटानीशरणार्थी, टिकापुर, सहकारी ठगी, भिजिटभिसा, सांसद खरिद विक्रि, सवैधानीक नियोगमा नियुक्ती खरिद विक्री, देउबा घरमा जलेका नोट (थुपै्र)
यती सम्म गरि सक्यौ, अब के गर्न बाकी छ देशमा ? फेरि पनि यो निर्वाचनमाः –––––––तपाईहरुलाई भोट किन दिने ?
प्रश्न नं ८
नेपालसँग प्राकृतिक रुपमा सवैकुरा छ मात्र नभएको राजनितिक इमान्दारीता र दृढ इक्षाशक्ति हो ।
जलश्रोत छ ः– जलविद्युत, सिचाई, शुद्ध खानेपानी, र्याप्टिङ पर्यटन आदिमा प्रयाप्त लगानी छैन ।
बनजंगल छः– जडीबुडी प्रशोधन र विक्री, काठ बिक्री गरी देशमा समुन्नती ल्याउन सकिएन्।
खानी छः– उत्खनन छैन ,
प्राकृतिक तथा धार्मिक सम्पदा छनः– सगरमाथा देखि थुप्रै हिमऋङखला, लुम्बीनी बुद्ध जन्मस्थल, पशुपतिनाथ अन्य थुपै्र तर पर्यटन आगमनको वातावरण छैन ।
खेलकुद छः– खेलाडी अब्बल छन तर न रङगशाला छ न स्टेडियम नै, न खेलाडीमा लगानी छ ।
सम्भावना छः तर बैदेशिक लगानी भित्र्याउन कुनै कसरत छैन ।
यी यावत कुराहरुमा छलफल, बहस, गहिरो चिन्तन हुनुपर्ने ठाउँ हो संसद तर विडम्बना त्यहा त घोचपेच, रमिता र चटक मात्रै हुन्छ । यो देखिसकेपछि पनि पुनः– तपाईहरुलाई भोट किन दिने ?
प्रश्न नं ९
तपाईहरुको पार्टीका स्थानिय तह देखि केन्द्र सम्मका अधिकाशं नेताको देखिने गरि कुनै आयस्रोत छैन तैपनी उनीहरुको जिवनशैली विलासी र भडकिलो छ । यो पैसाको स्रोत के हो ? तपाईका पार्टीका शिर्ष तहका नेताहरु भ्रष्टाचार आरोपित छन, उनी लगायत सरकारी ओहोदामा बसेकाहरुको सम्पत्ति छानविनका कुरा पटक पटक उठ्यो तपाई पार्टीले यो गम्भीर मुद्धालाई नजरअन्दाज गरि रह्यौ । तपाइै आफै भन्नुहोस पुनः तपाईहरुलाई भोट किन दिने ?
प्रश्न नं १०
तपाईहरुको काम संसदमा देशको लागी निति नियम बनाउने, अपठेरा कानुनलाई समयानुकुल परिमार्जन गर्ने, सरकारलाई जनताप्रति उत्तरदायि र जवाफदेहि बनाउन खबरदारी गरि राख्ने हो । तपाईहरु संघियताको मर्म विपरित गाउँघरमा कुलो बनाउछौ, रोड बनाउछौ, पुल बनाउछौ, विद्यालय बनाउछौ रोजगारी दिन्छौ भन्ने जस्ता तथ्यहिन र चटक भाषण गरि रहेका छौ जुन सरासर जनतालाई फेरी ठग्नु हो । यो स्थानीय तह र प्रदेशको काम हो । आफ्नो कार्यक्षेत्रभित्र नपर्ने र गर्न सक्ने कुनै आधारविना जनतालाई झुक्याएर भोट माग्नु पनि एक किसिमको ठगी नै हो । भन्नुहोस तःतपाईहरुलाई भोट किन दिने ?
प्रश्न नं ११
भ्युटावर निर्माणमा देशको खर्बौ रुपिया स्वाहा भयो । यो निर्माण गर्न खर्च गरिएको पैसाले देशमा जलविद्युत, राम्रो अस्पताल, खेलकुद स्टेडियम, सडक, पुल जस्ता धेरै विकास निर्माण गर्न सकिन्थ्यो । यत्तीको पैसा कृषि आधुनिकिकरणमा मात्रै लगाईदिएको भए नेपाल कृषिमा आत्मनिर्भरका साथै कृषि उपज निर्यात गरि आर्थिक सम्पन्नताको चरणमा प्रवेश गर्न सक्थ्यो । तपाईको भिजन देखियो, मिसन देखियो, दुरदृष्टि देखियो, देशप्रतिको निष्ठा र इमान्दारिता सवै कुरा स्पष्ट देखियो । भन्नुहोसःतपाईहरुलाई भोट किन दिने ?
प्रश्न नं १२
प्रदेश सरकारहरु सवैभन्दा बढी अस्थीर र भ्रष्ट छन । पार्टिका दोस्रो र तेस्रो तहका नेता व्यवस्थापन गर्नको लागी मात्रै प्रदेश संरचना बनाएका हौ ? न अधिकार न स्वायत्तता । सविधानको मर्म र भावना अनुसार प्रदेशलाई काम गर्ने वातावरण किन बनाएनौ? यसको स्वरुप बदल्ने कुरा मात्र गर्यौ, काम गरेनौ । भन्नुहोस ःतपाईहरुलाई भोट किन दिने ?
प्रश्न नं १३
तपाईहरुका नारा राष्टवादी हुन्छन कर्म सधै राष्ट्र हित विपरित । कालापानी, लिपुलेक, लिम्पियाधुराको रटान लगाईरहने तपाईहरु कञ्चनपुरको गड्डाचौकी लगायत देशैभरी अतिक्रमण भएको सिमा रेखाको लागी किन बोल्दैनौ ? नेपालीले सिमानाकामा बेहोरेको सास्तीको लागी किन बोल्दैनौ ? छोरा छोरी तपाईहरुका विदेशमै पढछन, विदेशमै बसेका छन, पहिरन देखि खाध्य सम्म, यातायातका साधन देखी संचारसम्म शिक्षा देखि औषधोपचार सम्म अन्न देखि तरकारी सम्म विदेशकै छन अनि नाराचाहि चर्को राष्ट्रवादी ? भन्नुहोस ः–तपाईहरुलाई भोट किन दिने ?
प्रश्न नं १४
काग्रेसीहरु हो तपाईको तत्कालिन सभापति शेरवहादुर देउवाको घरमा भेटीएको त्यत्रो पैसाको स्रोत के रहेछ ? पार्टिभित्रै छानविनको माग गर्नु पर्दैनथ्यो, अरुका कुरा चर्को स्वरमा बोल्ने तपाईहरु तपाईकै तत्कालिन सभापतिको घरमा देखिएको त्यत्रो पैसाको बारेमा किन बोलेनौ । भन्नुहोस ःतपाईहरुलाई भोट किन दिने ?
प्रश्न नं १५
तपाई तिनै दलले समानुपातिक प्रणालिको चरम दुरुपयोग गर्यौ । विभिन्न क्लष्टरबाट ल्याउनुपर्ने सबैधानिक व्यवस्था लत्याएर आफन्त , नाताबाद र कृपाबादलाई समानुपातिक उम्मेदवार छनौटको मापदण्ड बनायौ । भन्नुहोसः तपाईहरुलाई भोट किन दिने ?
प्रश्न नं १६
तपाईहरुले शासन सत्ता समाल्नुपुर्व नेपालको अन्तराष्ट्रिय इज्जत र गरिमाको स्तर कहाँ थियो र आज तपाईहरुले यो राष्ट्रको इज्जत र गरिमालाई कहाँ पुर्याइदियौ ? भन्नुहोस ः– तपाईहरुलाई भोट किन दिने ?
प्रश्न नं १७
आ.ब. २०७०÷७१ मा नेपालको कुल बैदेसिक ऋण ५ खर्व हाराहारी थियो अहिले २८ खर्वको हाराहारीमा रहेका छ । के गर्यौ तेत्रो पैसाले ? हामी जनतालाई हिसाब चाहियो । भन्नुहोस तपाईहरुलाई भोट किन दिने ?
प्रश्न नं १८
तपाईहरुले नेपाली समाजलाई चरम राजनितिक दलियकरण गर्यौ, नेपालको सरकारी प्रशासनिक सेवा देखि लिएर निजि व्यवसाय सम्म, शिक्षक, विद्यार्थी, वकिल, न्यायधिश, प्रहरि, सवैधानि निकायहरु, किसान, उधोगी, सवै खाले व्यवसायी, डाक्टर, इन्जिनियर, आरक्षित समुह, सडक यातायात देखि हवाई यातायात सम्म, मजदुर देखि पुजीपतिसम्म भातृ संगठनका नाममा कसै क्षेत्रलाई छोडेनौ जसको फलस्वरुप देश आज यो अवस्थामा आईपुगेको छ । भन्नुहोस तपाईहरुलाई भोट किन दिने ?
प्रश्न नं १९
देशमा उत्पादन बढन सकेन, कलकारखाना खुल्न सकेनन , कृषिमा आधुनिकिकरण गर्न सकिएन, अन्तराष्ट्रिय बजारमा विक्न सक्ने खालको शिक्षा विकास गर्न सकिएन, स्वास्थ्य क्षेत्रलाई समयानुकुल गुणस्तरिय बनाउन सकेनौ जसको कारण आज लाखौ नेपाली युवायुवती श्रमको लागी विदेशिन बाध्य भए । देश भित्रै रहेका युवा युवतीहरुले शुसासनको नारा लाउदा तातो गोली दिने तपाईहरु हत्यारा हौ, निरङ्कुश हौ, अभिमानि हौ, निर्लज्ज हौ, भ्रष्ट हौ, असक्षम हौ, सत्ता लोभी हौ, पापी हौ । भन्नुहोस तपाईहरुलाई भोट किन दिने ?
प्रश्न नं २०
जिल्ला बैतडीको हकमा
तपाईहरुले सधै हामी जनतालाई झुटो आशा देखायौ र राजनितिको रोटी सेक्यौ ।
झुलाघाट पुल बनाउछौ भन्थ्यौ किन बनेन ? सदरमुकाम देखि राजधानी बस किन संचालन हुन सकेन ? महाकाली करिडोरको काम किन सुस्त? उग्रतारा मेलौली सडकखण्ड अहिले सम्म किन बनेन ? मेलौली देखि सदरमुकाम जोडने छोटो सडक (मेलौली, लामालेक, पेल्या, जेवलकट्टे हुदै तिचोरा) को काम किन अगाडी बढन सकेन ? पाटन बिमानस्थलमा किन प्लेन चल्न सकेन ? राजमार्गको अवस्था दिनानुदिन जिर्ण बन्दैछ किन चासो छैन? बैतडी सदरमुकाममा किन एउटा पनि प्राविधिक शिक्षालय खोल्न सकेनौ ? सदरमुकाममा भएका दुईटा क्याम्पसहरुमा किन अरु फ्याकल्टि थप्न पहन गरेनौ ? जिल्ला अस्पताल बैतडीमा किन बारम्बार विशेषज्ञ अभाव हुन्छ ? सरकारी अस्पतालमा निजि अस्पताल जस्तो महङगो उपचार किन ? बैतडीमा खेलकुदको लागी किन अहिले सम्म एउटा राम्रो स्टेडियम बन्न सकेन ? सदरमुकाम जोडने धेरै जसो सडकहरु अहिले सम्म किन पक्की हुन सकेनन ? आदि थुप्रै । भन्नुहोस ःतपाईहरुलाई भोट किन दिने ?
थप प्रश्नहरुः–☺
प्रश्न नं २१ ः ???????????????????????????????????????
माथीको विचार विरा पन्त को हो । दिव्यस्त्रले उनको विचारलाई जस्ताको त्यस्तै प्रकाशित गरेको हो ।












