धनगढीबाट बैतडी आउदै गरेको बस दुर्घटना

बैतडी — धनगढीबाट बैतडीतर्फ आउदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ००१ ख ३९६३ नम्बरको यात्रुवाहक बस बैतडीको पाटन नगरपालिका वडा नं ९ गैराखान नजिकै दुर्घटनामा परेको छ ।

दुर्घटनामा बसमा सवार १७ जना घाइते भएका छन् । घाइते सबैको उद्धार गरि डडेल्धुरा अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक भुवन प्रसाद तिमिल्सेनाले जानकारी दिए ।

घाइते मध्ये दुई जनाको अवस्था गम्भिर रहेको उनले बताए । बस सडक बाट करिब दुई सय मिटर तल खसेको छ । दुर्घटनाको खबर प्राप्त हुनासाथ स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले दुर्घटनाका घाइतेको उद्धार गरी अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्