चिकित्सकका माग सम्बोधन गरी अस्पतालको समस्या समाधान गर्न पुर्व प्रदेशसभा सदस्य भट्टको माग

बैतडी- चिकित्सकहरुको आन्दोलनका कारण जिल्ला अस्पतालको सेवा प्रभावित बनेपछि समस्या समाधानका लागि विभिन्न क्षेत्रबाट आवाज उठ्न थालेको छ । जस अन्र्तगत बैतडी जिल्ला क्षेत्र नं. (ख) बाट निर्वाचित पुर्व प्रदेशसभा सदस्य लिलाधर भट्टले समेत उक्त समस्या समाधानका लागि सुदूरपश्चिम प्रदेश सरकार जिम्मेवार बन्नुपर्ने माग राखेका छन् ।

मंगलबार सामाजिक संजाल मार्फत भट्टले चिकित्सकहरुका जायज माग सम्बोधन गदै जिल्ला अस्पतालको सेवा सुचारु गर्नुपर्ने धारण राखेका छन् । अस्पतालको सेवा प्रभावित हुँदा बैतडी जिल्लाका नागरिकहरुले भाग्नुपरेको समस्याप्रति चिन्ता व्यक्त गर्दै भट्टले समस्या समाधानका लागि ध्यानाकर्षण गरेका हुन् ।

भट्टले आफ्नो सामाजिक संजाल फेशबुकमा लेखेका छन् ‘लामो समयदेखि जिल्ला अस्पताल बैतडीमा कार्यरत स्वास्थ्यकर्मीहरुको आन्दोलनबाट जिल्लाको सम्पूर्ण स्वास्थ्य क्षेत्रमा असर परेको छ । आन्दोलनरत कर्मचारीको उचित मागलाई पुरागर्न सम्वन्धित सम्पूर्ण सरोकारवाला पक्षको ध्यानाकर्षण गराउन चाहान्छु ।’

विगतमा राम्रो सेवा दिएर देशकै नमुना अस्पताल बनेको बैतडी अस्पताल पछिल्लो समय समस्याग्रस्त भएकोप्रति सम्बन्धित निकायको ध्यान जान आवश्यक रहेको उहाँको भनाई छ । अस्पतालको समस्या समाधानका लागि आफुले सुदूरपश्चिम प्रदेसका मुख्यमन्त्री र सम्वन्धित मन्त्रालयमा आफ्नो तर्फबाट पहल गरिरहेको समेत बताएका छन् ।

यो क्षेत्रबाट प्रतिनिधित्व गर्ने मन्त्री र वर्तमान प्रदेससभा सदस्यसंग समेत समस्या समाधानका लागि नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका भट्टले माग गरेका छन् ।

प्रतिक्रिया छाेड्नुहाेस्