क्यान उपाध्यक्ष सिंहसहित चार जनालाई सोधियो स्पष्टीकरण

काठमाडौं- नेपाल क्रिकेट संघ ९क्यान०ले उपाध्यक्ष रोशनकुमार सिंहसहित चार जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

क्यान कार्यसमितिको बिहीबार बसेको बैठकले उपाध्यक्ष सिंहसँगै केन्द्रीय सदस्य माधवकुमार कर्माचार्य, दुर्गाराज पाठक र सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

उनीहरूले टी–२० विश्वकपमा सहभागिताका क्रममा क्रिकेट संघ र पदाधिकारी लक्षित नकारात्मक टिकाटिप्पणी गरेको क्यानको आरोप छ ।

प्रतिक्रिया छाेड्नुहाेस्