ओली सरकारको पहिलो निर्णय : त्रिवि क्रिकेट मैदानलाई सुविधासम्पन्न बनाइने

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने निर्णय गरेको छ ।

सोमबार बसेको पहिलो मन्त्रिपरिषदको बैठकले त्रिवि क्रिकेट मैदानमा दर्शकका लागि बस्ने लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्नेलगायत आवश्यक संरचना बनाउने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।प्रधानमन्त्री ओलीले आफ्नो फेशबुक पेजमा समेत उक्त कुरा उल्लेख गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा फ्लड लाइट जोड्ने ठेक्का सिनामंगलको एमएसआईपीएल–एएससी पावर जेभीले पाएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्