भारतबाट तिहार मनाउन घर आइरहेका दुई जना नेपालीको मृत्यु

तिहार मनाउन भारतबाट नेपाल आउँदै गरेको कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

भारतको पन्जाब राज्यबाट बढ्नी नाका हुँदै घर फर्किरहेको पि बि १० जेएन ६१९९ हुण्डाई कार र युपी ४७ टी २७०३ नम्बरको रोडवेज बस एक आपसमा ठोक्किएका थिए।

आज बिहान भएको दुर्घटनामा परी कपिलवस्तु बाणगङ्गा नगरपालिका–९ बर्दहवाका दिनेश बेल्बासे र गैँडाकोट नगरपालिका–६ का अनिल सापकोटाको मृत्यु भएको थाना पचपेडवा बलरामपुरले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

कारमा सवार मृतक बेल्बासेका पत्नी शारदा बेल्बासे, बाणगङ्गा नगरपालिका जितपुर–४ निवासी टेकबहादुर र उनकी पत्नी धनकला घाइते भएको बलरामपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया छाेड्नुहाेस्