बैतडी : जिल्लाको शिवनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को बित्तिय प्रगती सार्वजनिक गरेको छ ।
प्रमुख प्रसासकिय अधिकृत नरेन्द्र महता द्वारा हस्ताक्षरित सूचना मार्फत गाउँपालिकाले २०८१/०८२ को जम्मा बित्तिय प्रगती ८४.३७ प्रतिशत भएको जानकारी दिएको छ ।
चालू तर्फको २८ करोड ४६ लाख ४८ हजार प्रस्तावित बजेट मध्ये २४ करोड १४ लाख ३३ हजार २० रुपैयाँ ४३ पैसा अर्थात ८४.८१ प्रतिशत रकम खर्च भएको छ ।
यस्तै पुजिगत तर्फको ८ करोड ३१ लाख ७९ हजार २५६ रुपैयाँ प्रस्तावित बजेट मध्ये ६ करोड ८९ लाख ६४ हजार ८६६ रुपैयाँ अर्थात ८२.९१ प्रतिशत रकम खर्च भएको सूचना मा उल्लेख गरिएको छ ।












