बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिका ४ का निङलाडका निरज चन्दको आर्थिक अभावले उपचार गर्न नसकिने भएको छ । दुर्घटनामा परेर चन्दको टाउको र आँखामा गम्भीर चोट आएको छ ।
चन्दको उपचार भारतको बरेलीको अस्पतालमा भइरहेको छ । अस्पतालले २५ लाख भारतीय रुपैयाँ लाग्ने भनेपछि अहिले परिवारका मान्छेलाई के गर्ने कस्तो गर्ने भइरहेको निरजका साथी विरेन्द्र भट्टले बताउनु भयो ।
नीरजको उपचारमा आर्थिक समस्या आएपछि अहिले साथी बीरेन्द्रकै पहलमा आर्थिक संकलनको अभियान चलाइरहेको उनले बताए । साथी भट्टले सबैलाई नीरजको उपचारमा सक्दो सहयोग गरिदिन पनि अनुरोध गरेका छन् ।
सहयोग गर्नेले नेपालको लागि Birendra Bhatt Nabil Bank खाता नं. ०७६१००१७५१०३२८ मोवाइल नं. ९८६८७४४२६७ र भारतको लागि रोसन चन्दको गुगलपे नं. ८४९५०३८८५० मा जम्मा गरीदिन आग्रह गरेका छन् । उनले भने कसैको सानो सहयोगले कसैको ज्यान जोगिन्छ भने सहयोग गर्नु जतीको ठुलो धर्म केहि हैन् ।












