डडेलधुरा — नवदुर्गा गाउँपालिका–५ चामामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा छ जना घाइते भएका डडेल्धुरा प्रहरीले जनाएको छ ।
आज बिहीबार बिहान चामाबाट सदरमुकामतर्फ आउँदै गरेको से १ ज ७३८ नम्वरको जीप दुर्घटना भएको हो जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डम्बर बिष्टले बताउनु भयो ।
उनले मृतक र घाइतेहरूको सनाखत हुन बाँकी रहेको बताउनु भयो । दुर्घटनामा गाडी चालक रामसिंह साउद गम्भीर घाइते भएका छन् । घाइतेहरूको उद्धार कार्य भइरहेको र थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।












