बैतडी – कपडा बैक बैतडीको प्रस्ताव र समन्वयमा नेपाल टेलिकम प्रादेशिक कार्यालय धनगढीले मेलैली–३ को शान्तिप्रकाश आधारभुत विद्यालय ढणौनका विद्यार्थीहरुलाइ विद्यालय पोशाक ट्रेक सुट र न्यानो लुगा बितरण गरेको हो ।
कपडा बैंक बैतडीले नेपाल टेलीकममा विद्यार्थीलाई पोसाक, ट्रेक सुट को लागि प्रस्ताव पेस गरेको हो । प्रस्तावलाई टेलीकमले स्वीकृत गरी लुगा उपलव्ध गराएको हो ।
आज (बिहिबार) डेडेल्धुरा टेलीकम कार्यालय प्रमुख विष्णुराज भण्डारी र कपडा बैंक संचालक महेश दत्त भट्टले विद्यालयका विद्यार्थीहरुलाई टेलीकमले दिएका लुगा वितरण गरेको हो । विद्यालयका १०८ जना छात्र, छात्रालाई विद्यालय पोशाक ट्रेक सुट र न्यानो लुगा बितरण गरेको कपडा बैंक बैतडीका संचालक महेश दत्त भट्टले बताउनु भयो ।
हुनेले दिने, नहुनेले लगेर जाने भन्ने परोपकारी कार्य गर्ने भन्ने मुल उदेश्य राखेर मौसम अनुसारको लुगा बितरण र सामाजिक कार्य गर्ने उद्देश्यले माया घर द्वारा कपडा बैंक बैतडी स्थाप्ना गरिएको हो ।

अति बिपन्न, एकल, असहाय, बेसाहार, टुहुरा बालबालिकाहरु तथा समाजमा रहेको बिपन्न्ता, रोग, शोक र भोकलाइ लक्षित गरेर कपडा बैंकले डेढ वर्षको अवधिमा २ हजार १४२ परिवारलाई मौसम अनुसारका लुगा वितरण गरिसकेको संचालक भट्टले बताए ।












