भारतमा रेलको ठक्करबाट बैतडीका एक जनाको मृत्यु

बैतडी – बैतडीका एक जनाको रेलको ठक्करबाट भारतमा मृत्युु भएको छ।

जिल्लाको सुर्नया गाउँपालिका वडा नं २ लिस्किटा दल्लाड घर भएका ४२ वर्षिय बिसा चन्दको भारतको केरलामा रेलको ठक्करबाट मृत्यु भएको बताइएको छ ।

रोजगारीको सिलसिलामा स–परिवार भारत बस्दै आएका बिसा चन्दको बुधबार रेलको ठक्करबाट मृत्युु भएको मृतक बिसा चन्दका भाइ गणेश बहादुर चन्दले बताए ।

पारिवारिक स्रोतका अनुसार भारतको केरलबाट बेंगलोर फर्किने क्रममा बिसाको रेलको ठक्करबाट मृत्यु भएको बताइएको छ । भारतको केरलामा काम गर्ने मृतक चन्दका छोरा र श्रीमती भने बेंगलोरमा रहेका बुझिएको छ ।

परिवार पाल्न भारत पसेका चन्दको उतै मृत्युु भएपछि चन्द परिवार अहिले शोकमा डुबेको छ । बुधबार मृत्यु भएका उनको दाहसंस्कार बेंगलोरमै हुने पनि पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्