बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि नीती, कार्यक्रम र बजेट गाउँसभामा पेश गरेको छ । गाउँसभाको १९ औँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष विना भट्टले नीति तथा कार्यक्रम गाउँसभामा पेश गरेका हुन् ।
एउटै लक्ष एउटै स्वर सुखी जनता समृद्ध पञ्चेश्वर भन्ने मुल नाराका साथ पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालनलान र रोजगारलाई प्राथमिकता राख्दै गाउँपालिकाले बुधबार आगामी आर्थिक वर्षको नीती तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
निती कार्यक्रमलाई मध्येनजर गर्दै उपाध्यक्ष भट्टले आगामी आर्थिक वर्षका लागि ४६ करोड २२ लाख ७० हजारको बराबरको अनुमानित बजेट सार्वजनिक गरेको हुन् ।













