बैतडीलाई पूर्णखोप सुनिश्चिता दिगोपना घोषणा

बैतडी— बैतडीका चार नगरपालिका र ६ गाउँपालिका पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा भयसँगै जिल्लालाई एक कार्यक्रमका विच एघारौँ पटक पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।

बैतडीलाई २०७२ सालमा पूर्ण खोप जिल्ला घोषणा गरिएको हो । जिल्लालाई यो बर्ष ११ पटक पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तिर्थराज भट्टले जानकारी दिए ।

पूर्ण खोप दिगोपना सुनिश्चितता अभियानले स्वास्थ्यको प्रणाली सुधार, दिगो विकासमा योगदान, मातृ तथा शिशु स्वास्थ्यमा सहयोग पुग्ने उनले बताए । सबै स्थानीय तहका ८४ वटै वडामा बच्चा जन्मेदेखि ५९ महिना सम्मका बालबालिकालाई खोप लगाए नलगाएको अनुगमन पश्चातमात्रै जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

खोप सर्भेक्षणबाट प्राप्त जन्मेदखि १५ महिना सम्म ३ हजार ९३१ र १६ देखि ५९ महिनाको बालबालिकाको संख्या ११ हजार ७९४ जना रहेको छ । जसमध्ये जन्मेदेखि १५ महिना सम्मको बालबालिकाको संख्यामा १ जना र १६ देखि ५९ महिनाको बालबालिकाको संख्यामा १७ जना लबालिका कुनैनकुनै खोपबाट छुटेको पत्ता लागेको स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर हरिष भट्टले जानकारी दिए । छुटेका यि सबै बालबालिकाहरुलाई पनि खोपलगाएको उनले बताए ।

जिल्ला खोप समन्वय समितिले जिल्लामा सबै वार्डमा पुगी पूर्ण खोप लगाए नलगाएको अनुगमन र प्रमाणित गरेपछि मात्रै जिल्लालाई पूर्ण खोप सुनिश्चितता, दिगोपना भएको जिल्लाको रूपमा घोषणा गरिन्छ ।

स्वास्थ्य कार्यालयका अनुसार गत चार आर्थिक वर्षको नियमित खोप कार्यक्रमको प्रगति अवस्था तुलना गर्दा पूर्ण खोपको सूचक लक्ष्य अनुसार प्रगति राम्रै देखिएको भएपनि केही बालबालिका बुबाआमासँग भारत रहँदा केही खोपको मात्रा उतै लिने र केही छुट भएको पाइएकाले तथ्यांकमा बालबालिका छुटन गएको देखिएका सुपरभाइजर भट्टले बताए ।

कार्यक्रममै प्रत्यक स्थानीयतहबाट खोप सेवामा उत्कृष्ट योग्दान दिएका एकएक जना स्वास्थ्यकर्मीलाई सम्मान समेत गरेको छ । नेपालमा २०३४ साल देखी ४ प्रकारका खोपाबाट खोप सेवा सुरु गरेको पाइन्छ ।

प्रतिक्रिया छाेड्नुहाेस्