धनगढी : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित रहेको बताएको छ ।
विभागका अनुसार सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानका साथै कोसी र लुम्बनीमा भारी बार्षको सम्भावना रहेको बताउनु भयएको छ।
यसैगरी, आज राति देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावमा छ ।
विभागले कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने बाढी, पहिरोको जोखिमबाट बच्न अनुरोध गरेको छ ।











