बैतडीमा वर्षासंगै आएको हुरीले विद्यालय भवनको छानो उडायो

बैतडी– बर्षासंगै आएको हावाहुरीले बैतडीमा एक विद्यालय भवनको छानो उडाएको छ । जिल्लाको पाटन नगरपालिका ८ खोड्पेस्थित सिद्धदीप आधारभूत विद्यालय भवनको छानो उडाएको हो ।

शुक्रबार बिहान बर्षासंगै आएको हावाहुरीले विद्यालयको दुईकोठे भवनको छानो उडाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन बिष्टले जानकारी दिए । जस्तापाताले छाएको दुई कोठे भवनको छानो आंशिक रुपमा उडाएको र थप जोखिम सिर्जना भएको उनले बताए ।

कक्षा ८ सम्मको पढाई हुने सिद्धदीप आधारभूत विद्यालयमा भवनको छानो हावाहुरीले उडाएपछि पठनपाठनमा समस्या हुने भएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्