भारतको मतपरिणाम कसले जिते कति सिट

भारतमा मंगलबार बिहानदेखि लोक सभा निर्वाचनको मतगणना भइरहेको छ । अहिले सम्म २०० क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । मंगलबार साँझ सात बजेसम्मको परिणामअनुसार भाजपा नेतृत्वको एनडिएले अग्रता लिइरहेको छ ।

अहिलेसम्म एनडिएले ११७, कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनले ७५ र अन्य दलले १० सिट जितेका छन् । एनडिए १७५, इन्डिया गठबन्धन १५८ र अन्य दल ८ सिटमा अग्रता लिइरहेका छन् । लोक सभाको ५४३ सिटमा सरकार बनाउन २७२ सिट आवश्यक पर्छ ।

प्रतिक्रिया छाेड्नुहाेस्