बिरभान हत्या प्रकरण : तिन जना पक्राउ, एक फरार

बैतडी : तीन दिनदेखि बेपत्ता बैतडीको पाटन नगरपालिका –६ का बिरभान सिंह बिष्टको हत्या भएको खुलेको छ । उनको हत्यामा ४ जना संलग्न भएको प्रहरीले जनाएको छ । चार जना मध्ये तिन जना पक्राउ परेका छन् भने एक जना अझै फरार रहेको छ ।

प्रहरीले हत्याको आरोपमा शिक्षिका भागरथी विष्ट र सोही ठाउँका २० वर्षका किशोर भट्टराई र १९ वर्षका राजेन्द्र भट्टराईलाई पक्राउ गरेको जनाएको छ ।

५१ वर्षीय वीरभान बिष्ट असारको ्र१ गते देखि बेपत्ता भएका थिए । उनका आफन्तले सोमबार मात्रै प्रहरीमा उनी वेपत्ता भएको खबर गरेका थिए । आफन्तको उजुरीका आधारमा पक्राउ परेकी शिक्षिका भागरथीले दिएको प्रारम्भीक बयानका आधारमा प्रहरीले वीरभानको शव पनि फेला पारेको छ ।

विष्टको शव पाटन पञ्चेश्वर सडकखण्डअन्तर्गत पर्ने घानल खोलामा सोमबार दिउँसो सवा दुई बजे फेला परेको थियो । स्थानीय र प्रहरीले खोजी कार्य गर्दा बिष्टको हत्या गरी काँच बेरेर फालेको अवस्थामा शव फेला परेको थियो । बिष्टको मोबाइल भागरथीसँग फेला परेपछि उनकै बयानका आधारमा हत्यामा संलग्नको पहिचान गरिएको प्रहरीले जनाएको छ । हत्या गरिएका बिष्ट ट्रक चालक हुन् ।

प्रतिक्रिया छाेड्नुहाेस्