पञ्चेश्वरका स्वास्थ्य शाखा प्रमुख शाहमाथि अभद्र व्यवहार गर्ने, दुई युवा फरार

बैतडी : पञ्चेश्वर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामसागर शाहमाथि अभद्र व्यवहार गर्ने दुई युवा फरार रहेका छन् । स्थानीय दुई युवाले असार ७ गते कार्यालयबाट घर फकिर्ने समयमा आफुमाथि हातपात गरी ज्यान मार्ने धम्की दिएको भनी स्वास्थय संयोजक शाहले प्रहरीमा उनले जाहिरी दिएका छन् ।

शाहले पञ्चेश्वर गाउँपालिका ४ आमचौरा बस्ने बीर बहादुर चन्द र पान बहादर चन्दले आफुमाथी हाथपात गरेको भनी प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीमा दुईजनाकै नाममा अभद्र व्यवहारको जाहिरी परेको र नीज दुई जनाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दिपक गिरीले बताउनु भयो ।

दोषीलाई कडा कार्वाहीको माग गदै पञ्चेश्वर गाउँपालिकाका सबै कर्मचारीले हस्ताक्षर गरि एक विज्ञप्ती जारी गरेका छन् । विज्ञप्तीमा पञ्चेश्वर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामसागर शाहलाई कार्यालयबाट कोठा तिर फर्किने बेला पिछा गर्दै घर आगन मै गई सुनियोजित तरिकाले गाली, बेइज्जत र साङ्घातिक हमला गरी ज्यान मार्ने धम्की समेत दिएको हुँदा उक्त अपराधिक कार्य प्रति गाउँपालिका परिवार घोर भर्त्सना गर्दछ साथै सो घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कडा भन्दा कडा कार्वाहीको लागि माग समेत गरिएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्