जबरजस्ती करणी आरोपमा भण्डारी पक्राउ

बैतडी ः बैतडीमा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । दसरथचन्द नगरपालिका ३ पोखरीका ४६ वर्षिय प्रेम सिह भण्डारी जबरजस्ती करणी आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

३० वर्षिय विवाहीत युवतीले घरमा आएर भण्डारीले जबरजस्ती करणी प्रयास गरेको भनी जिल्ला प्रहरी कार्यालय बैतडीमा उजुरी दिएको थियो । सोही अधारमा प्रहरीले पक्राउ गरी अनुसन्धान गरिएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्