एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

फाईल फोटो

काठमाण्डौं : नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्ड लाई विश्वासको मत दिने नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसालले बताउनु भयो ।

महाधिवेशनस्थल कमलादीमा बिहीबार पत्रकारहरू सँगको कुराकानीमा नेता भूसालले प्रचण्ड नेतृत्वको सरकारबाट पार्टीका मन्त्रीहरू फिर्ता नहुने र विश्वासको मत दिने बताए ।

‘दुइटा दलले भन्नेबित्तिकै आशावादी हुने स्थिति छैन, उहाँहरूले आजसम्म के बोल्नु भएको छ र के गर्नुभएको छ भन्ने कुराको लामो इतिहास छ,’ कांग्रेस र एमालेप्रति लक्षित गर्दै भूसालले भने, ‘त्यसले गर्दा हामी सतर्कतापूर्वक हेर्छौं। प्रधानमन्त्री प्रचण्डलाई हाम्रो समर्थन जारी छ। प्रधानमन्त्रीले विश्वास मत लिन्छु भन्नुभएको छ, हामा्रे पार्टी विश्वासको मत दिन तयार रहेको छ ।’

प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० जना सांसद छन्। भने अहिलेको सरकारमा समाजवादीका दुई मन्त्री रहेका छन् । महाधिवेशनबाट हामी निक्लदा एकताबद्ध, उत्साहित भएर कसरी निक्लन सक्छौँ भन्ने बारेमा छलफल भइरहेको भुसालले बताउनु भयो ।

प्रतिक्रिया छाेड्नुहाेस्