काठमाण्डौं : नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिमको लगातार तेस्रो जित संगै लुम्बिनी लायन्स लगातार तीन खेलमा पराजित भए संगै एनपिएलमा लगातार तीन खेल गुमाउने पहिलो टोली बनेको छ ।
शनिबारको पहिलो खेलमा लुम्बिनीलाई सुदूरपश्चिम रोयल्सले ४५ रनले पराजित गरेको छ । जितसँगै सुदूरपश्चिम तीन खेलबाट छ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। तीन खेल नै जितेको जनकपुर बोल्ट्स अंक तालिकाको दोस्रो स्थानमा झरेको छ ।
सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनी कुनै पनि बेल सम्हालिन सकेन । लुम्बिनीले चार ओभरभित्र पाँच विकेट गुमाउदै सुरुमै दबाबमा परेपछि ब्याटिङमा आएका विवेककुमार यादवले लुम्बिनीको इनिङग्स उकास्न खोजे पनि उनले अरु ब्याटरबाट साथ पाउनु भएन् । लुम्बिनीले विवेकको नटआउट ७७ रनको मद्दतमा ९ विकेटको क्षतिमा १४२ रन जोड्न सक्यो ।
ओपनर अर्जुन साउद इनिङग्सको पहिलो बलमै स्कट कुगेलेइनको डलबिडब्लूको धरापमा परेका थिए । छैटौं बलमा अर्का ओपनर उन्मुक्त चन्द एलबिडब्लू नै आउट हुन पुगे । कप्तान रोहित पौडेल ५ रनमा दोस्रो ओभरको पाँचौ बलमा ब्रान्डन माक्मलेनको बलमा इशान पाण्डेबाट क्याच आउट भए ।
कप्तान दीपेन्द्रसिंह ऐरीले नटआउट ३९ रन र स्कट कुगेलेइनले नटआउट ११ रन जोडे । दीपेन्द्रले १९ बलमा ४ चौका र २ छक्का प्रहार गरे । कुगेलेइनले ६ बलमा १ छक्का हानेर सुदुरपश्चिम शिर्ष स्थानमा उक्लन सफल भएको हो ।










