तीनकुने क्षेत्रमा राजावादीले गरेको प्रदर्शन हिंसात्मक भएको छ।
प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन्। कम्मरमा गोली लागेको उनलाई तत्काल तीनकुनेस्थित कान्तिपुर अस्पताल पु¥याइएको छ।
उता, प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा ७ जना सशस्त्र प्रहरी पनि घाइते भएका छन्। चार जनाको सोही अस्पतालमा उपचार हुँदैछ।
राजावादी समूहले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि स्थिति तनावग्रस्त बनेको हो।









