भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुदानका कार्यक्रमको अनुगमन

बैतडी – भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटन बाट चालु आर्थिक बर्षमा अनुदान पाएर सम्पन्न भएका कार्यक्रमहरुको अनुगमन गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी राजमणी निरौलाको नेतृत्वमा जिल्ला स्थित सरोकारवाला, नागरिक समाज र संचारकर्मी सहितको टोलीले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनबाट बर्षभरी संचालित विभिन्न अनुदानका कार्यक्रमको सयुक्त अनुगमन गरेको हो ।

कार्यलयले जिल्लाका विभिन्न ठाउँमा कार्यालयबाट प्राप्त गरेका अनुदानबाट किसानले के कार्यक्रम कुन प्रयोजनका लागि पाएका थिए त्यस अनुसार काम गरेका छन्की छैनन्, अनुदानको सहिठाउँमा सदपयोग भएको छकी छैन भनी सरोकारवालाहरुलाई अनुगमन गराएको थियो ।

अनुगमनका क्रममा अनुदान पाएका किसानले कार्यालयबाट पाएको अनुदानले आफुहरुले व्यवसायिक रुपमा कार्य गर्न उत्प्रेरित गरेका बताएका छन् । परम्परागत रुपमा बाख्रापालन गर्दै आएपनि कार्यालयबाट अनुदान पाएर आधुुनीक तरकाले बाख्रापालन गर्न सिकेको र घरकोलागि मात्रै नभएर ब्यवसायीक रुपमा बाख्रापालन गर्न सिकेको दोगडाकेदार गाउँपालिका –४ की स्थानीय किसान हरु भट्टले बताइन् ।

कार्यलयलाई प्राप्त भएको बजेट कार्यविधी र नितीनियम अनुसार प्रक्रियागत ढंगले अनुदान वितरण गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीका प्रमुख गुमानीदत्त पन्तले बताउनु भयो । थोरथोरै अनुदान भएपनि यसबाट किसानले ठुलो रहात पाउनुका साथै आधुनिक र ब्यवसायिक रुपमा गर्न उनीहरुलाई उत्प्रेरणा मिलेको उनको विश्वास रहेको छ ।

अनुगमन गर्दा कार्यालयबाट पाएको अनुदान किसानहरुले सहीठाउँमा सदुपयोग गरेको पाइएको अनुगमन समितिमा गएका सहायक प्रमुख जिल्ला अधिकारी निरौलाले बताउनु भयो ।

प्रतिक्रिया छाेड्नुहाेस्